
भारत-चीन सीमा क्षेत्र मिचेर चीनको सुरक्षा हेलिकप्टर भारततर्फ छिरेको विषयमा हंगामा भएको छ। सीमा क्षेत्रको चमोली जिल्लाको बराहोटी क्षेत्रमा शनिबार बिहान भारतीय क्षेत्रमा चीनियाँ सन्दिग्ध हेलिकप्टर उडको स्थानीय प्रत्यक्षदर्शीको वयान राखेर भारतीय मिडियाले लेखेका छन्। भारतीय सुरक्षाअधिकारीहरूले यसबारे अनुसन्धान सुरू गरेको बताएका छन्।
चमोली जिल्लाका पुलिस एसपी तृप्ति भट्टले बिहान सवा ९ बजे एक हेलिकप्टर भारतीय सीमा पार गरेर सीमा नियम उल्लंघन गरेर बराहोटी क्षेत्र मा उडेको बताए। लगभग चार मिनट सम्म भारतीय सीमा भित्र उक्त हेलिकप्टरले उडान लिएको थियो। उनले भनेका छन् ‘यस्तो घटनापहिले पनि भएको हो, तर यस्तो हरकत जानबुझले गरिएको हो वा होइन त्यो भन्न सकिएन।’ उनले यसबारे अनुसन्धान सुरू गरिएको बताए।
भारत र चीनबीच पछिल्लो ४० बर्षयता सीमा विवादका कारण तनाव छ। तर यी दुबै देशबीच सीमा विवादमा ठूलो मुठभेड भने भएको छैन।
पछिल्लो रूस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन सम्बन्धबारे भनेका थिए- चीनको वन बेल्ट वन रोड परियोजनाप्रति भारतको विमति छ तर यो सही हो कि चीनसँग ४० बर्षदेखि सीमा विवाद भएता पनि कुनै अप्रिय घटना भएको छैन। (प्रयोग गरिएको यो तस्बिर प्रतीकात्मक हो।)
साभार :- dcnepal