रुपनी जि.एम, दार्जिलिङ्ग । पश्चिम बंगाल सरकारले बंगाल भाषालाई अनिवार्य भाषा बनाउने अधिसूचना जारी गरेपछि अहिले दार्जिलिङ्गमा तनावमा छ । फरक फरक विषयमा आन्दोलन चर्कींदै आएपनि दार्जिलिङ्ग बासीको एउटै माग हो “गोर्खाल्याण्ड” ।
आफ्ना स्वामित्व प्राप्तिका लागि दार्जिलिङ्ग बासीले गर्दै आईरहेको यस पटकको आन्दोलन भने पहिलाको जस्तो सेलाउने पक्षमा छैन । भारत वर्षभित्रको संविधानको धारा थ्री ए अनुसार नै गोर्खाल्याण्डको माग गरिएको छ ।
संविधानमै रहेर माग गरिएको विषयलाई अनैतिक भन्दै बंगालभित्रैको काउन्सिलमा समेटिने प्रयास गरिएकोमा दार्जिलिङ्ग बासीले आपत्ति जनाएका छन् ।
वार्ताबाटै चाँडै नै समस्याको समाधान खोजिनु पर्नेमा झन प्रतिदिन अवस्था जरजर बन्दै गई रहेको छ एकातिर भने अर्र्काेतिर भारत सरकारले दार्जिलिङ्ग बासीको मागलाई सम्बोधन गर्ने कुनै संकेत नै दिएको छैन । यस विषयमा लाईट नेपालका रिर्पाेटर रुपनी जि.एमले नेपाली जनताको विचार समेटेकी छन् । हेरौं नेपाली जनताहरु के भन्छन् त दार्जिलिङ्गको विषयमा ? हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।