भ्रस्टाचारिका बिरुद्ध लड्न पनि नपाउने कसैले ? जमात खडा गरेर जे गरे पनि हुने ?
काठमाडौं –नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट बिजय लामा प्रधानन्यायाधीश सुशीला कार्कीलाइ महाअभियोग प्रस्ताव दर्ता भएपछि आक्रोश पोखेका छन् । राम्रा कुराको समर्थन र नराम्रा कुराको खुलेरै बिरोध गर्ने विजय लामा पछिल्लो पटक भने सुशिला कार्कीलाई समर्थन गर्दै आफ्नो विचार फेसबुकमा राखेका हुन् । उनले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन् :
क्याप्टेन लामाको फेसबुक स्टयाट्स:
आम जनताले के बिगारेका छन र आज यस्तो घिन लाग्दा दिनहरु भोग्नु परी रहेको छ ? किन बुझ्नै नसक्ने राजनितीको शिकार बन्नु परेको छ ? जैले किन यसरि दुख पिडा मात्र बोक्नु पर्ने एक दुइ जना हुतियारी नेताहरुका कारण ?
भ्रस्टाचारिका बिरुद्ध लड्न पनि नपाउने कसैले ? अनी लड्यो भने पनि कार्बाहीमा पार्ने ? कस्तो निती हो यस्तो ? जमात खडा गरेर जे गरे पनि हुने ?
देशलाई कति पछाडी धकेल्ने राजनिती र भाइ बन्दीको नाममा ? इतिहास ले छर्लङ देखाएको छ कोइ पनि आजिवन शक्तिशाली भएर बस्नु सक्दैन भनेर!
“NO ONE IS INVINCIBLE…EVEN A CHAMPION HAS TO BOW DOWN TO A NEW CHAMPION ONE DAY”
त्यसैले ति नेताहरु, जो आफुलाई सर्बे सर्बाह (invincible) भन्छन, भनठान्दछन जनता देखी डर मानेर बस्नुस किनी कि जनता सडकमा उत्र्यो भने कसैले रोक्न सक्दैन! नेपाल आमालाई धेरै पिडा नदिनु धेरै न रुवाउनु! यसैमा राम्रो हुन्छ तपाइहरु सबैलाई!
हामी सबै मिलेर थामौ नेपाललाई….भत्कन बाट बचाउ!!! जय चन्द्र सुर्य!