काेरिया । दक्षिण कोरियामा प्राय दुखद खबर सुन्नु पर्दा र हामिलाई लेख्नु पर्दा सार्है दुख लाग्छ जुन स्वाभविक हो । तर आज भने एउटा सुखद खबर छ । इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आउनु भएको मिलन विश्वकर्म लाई कोरियामा खोलिने नानुनको लोट्ट्री परेको छ ।

उहाले गत हप्त खोलिएको लोट्टोमा दोश्रो,तेस्रो,चौथो र पाचौ पुरशकार जित्न सफल हुनु भएको हो । उहाले दोश्रो पुरश्कार बाफत झन्डै ३ करोड ८० लाख ७९ हजार ९९० कोरियन वोन प्राप्त गर्नु भएको छ । उहा हाल फोहाङमा एउटा मोल्ड प्लास्टिक कम्पनिमा कार्यरत हुनुहुन्छ । उहा सँग सँगै अरु ६७ जनाले दोश्रो पुरस्कार हात पार्न सफल हुनु भएको छ । उहाले सबै करहरु तिरेर झ्ण्डै नेपाली रु ३० लाख जती पाउनु भएको छ । विगत ६,७ महिना देखी लोट्टो काट्दै आउनु भएको
मिलन विश्वकर्माले यो पल्ट आफैले लक्की अन्कहरु छान्नु भएको रहेछ ।
उहालाई लोट्टो पर्दा रात्री कालिन ड्युटिमा , कम्पनीमा काम गर्दै गर्नु भएको रहेछ । लोट्टो पर्दा कामनै छोडेर कोठा जान मन भएको तर राती कम्पनिको जिम्मा आफ्नैमा हुने भएकोले गर्द भोली पल्ट लोट्टो साट्न जानु भएको थियो ।
सुरुमा लोट्टो पर्दा एउटाै कम्पनिको साथी पवन घिमिरे लाई सुनाउनु भएको रहेछ । साथी पवनको सलाह बमोजिम आफुले आफैलाई समाल्न नसकिरहेको मिलन लाई पवानको साथमा उकत ठाउमा रहेको नोङ ह्यप बैंक / कृषी बैंक बाट रकम प्राप्त गरी नेपाल पठाउन सफल हुनु भइ सकेको रहेछ । उहाले सबै करहरु कटाएर झन्दै नेपाली ३० लाख रुपैया प्राप्त गर्न सफल हुनु भएको छ । उहाले जितेको रकम केहि सामजिक काममा लगाई बाकी राम्रो काममा लगाउने बताउनु भएको छ ।
सुरुमा लोट्टो पर्दा नजिकैको सानो
नोङ्ह्य्प बैंक / NH BANK मा जादा रकम नपाएको तर बैंकको सलाह बोमोजिम ठुलो
नोङ्ह्य्प बैंक बाट चिट्टा सट्नु भएको रहेछ । उहालाई लोट्टो पर्दा बैंकको स्टाफहरुनै छ्क्क परेको र हामिलाई लोट्टो पार्ने उपाय समेत मागेको मिलन बताउनु हुन्छ ।
बैंकको सलाह बमोजिम उकत बैंकमा खाता खोली नेपालको बैंकमा रकम पठाउनु भएको रहेछ । नोङह्य्प बाहेक अन्य बैंकबाट चिट्टाको रकम पठाउन नपाउने कुरा उहाले हामिलाई बताउनु भयो । उहा परीश्रम सँग सगै भागयमा विश्वास राख्ने र लोट्टो परेपछी कोरियनहरु जो पाही त्यही मान्छे लाई नभनि आफ्नो एरियामा भएको ठुलो नोङह्पको बैंकमा जानु पर्ने सल्लाह दिनु हुन्छ लोट्टो काट्ने साथीहरुलाई ।
जो कसैलाई लोट्टो परेको सुनाउदा आफ्नै ज्यान लाई खतारा हुने र लुटिने सम्म हुने कुरा सबैलाई जनकारी गराउनु हुन्छ । कोरियन सँग सङगै अन्य दक्षिण कोरियामा कार्यरत विदेशीहरुले हरेक हप्ता लोट्टो काट्ने गर्छ्न । यो लोट्टो कोरियाभर मध्यको ठुलो रकमको चिट्टा कार्यक्रम हो जुन कोरीयन सरकारको अनुमतिमा खेलाईन्छ ।
source gulfsamachar