
एजेन्सी–वासिंटन र दोहाबीच एफ–१५ फाइटर जेट किन्ने सम्झौता भएको छ ।
यसको प्रारम्भिक मुल्य १२ मिलियन रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कतारमा चलिरहेको कुटनीतिक संकटका बीच यस्तो सम्झौता गरेको हो ।
एयरक्राप्ट किन्ने प्रक्रिया पुर्ण गरेको कतारी गृहमन्त्रालयका तर्फबाट गहृमन्त्री खालिद अल अतियाहले र अमेरिका तर्फबाट जिम माटिसले हस्ताक्षर गरेका थिए ।
कतार न्युज एजेन्सीले दिएको जानकारी अनुसार कतार र अमेरिकाबीच भएको यो सम्झौताले विश्व समक्ष कतारबारे राम्रो सन्देश गएको छ ।
अतियाहले भनेका छन्,‘अमेरिकासँगको कतारको लामो सम्बन्धले एउटा नयाँ सम्बन्ध विस्तार गर्ने तथा विश्व समक्ष एउटा गतिलो सन्देश गएको छ ।
अतिवादी विरुद्ध लडिरहेको कतारका लागि यसले थप मदत दिएको छ । यसले कतार सुरक्षाका लागि अत्यन्त गम्भिर समेत रहेको देखाउँछ ।’
‘यसले कतारको सुरक्षा क्षमतामा एउटा नयाँ बल प्रदान गरेको छ । अमेरिका र कतारबीचको सुरक्षा समझदारीमा पनि थप आयाम थपेको छ ।’
त्यस्तै अमेरिकाले एक हप्ता अगाडि डोनाल्ड ट्रम्पले साउदी अरबसँग ११० बिलियन अमेरिकी हतियार किन्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।अरब र कतारबीच हाल कुटनीतिक संकट रहेको छ ।
from nepalipatra