सगरमाथाको चुचुरोमा फर्फरायो एमालको सूर्य चिन्ह

रुपनी जि.एम
सोलुखुम्बु २५ जेष्ठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा एक जना आरोहीले सुर्य चिन्ह फहराएका छन् । सोलुखुम्बु नाम्चे ठमोका पासाङ शेर्पाले सुर्य चिन्ह सगरमाथामा फहराएका हुन् ।
सन् २०१७ मे २८ अर्थात वि.सं. २०७४ जेष्ठ १४ गते बिहानको ८ बजेर १६ मिनेट जाँदा शेर्पाले नेकपा एमालेको चुनाव चिन्ह सूर्य फहराएर नयाँ किर्तिमान कायम गरेका छन् ।
३९ वर्षीय शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भईरहेको यो समयावधिमा नेकपा एमाले र एमाले समर्थकहरुका लागी बढी सान्दर्भिक र स्मरणीय बनेको छ ।
पहिलो चरणको स्थानीय निर्वाचनमा जनताको मन जितेर अत्यधिक मतले विजयी हुँदै पहिलो पार्टीको रुपमा शक्तिशालि पार्टी बन्न सफल एमालेलाई शेर्पाको यो किर्तीमानी दोश्रो चरणको निर्वाचनको लागि फलिफाप हुने विष्लेशकहरुको ठम्मयाई छ ।
पहिलो चरणको निर्वाचनमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा एमाले १२८ सीटमा आफ्नो कब्जा जमाउन सफल हुनुका साथै तीन स्वतन्त्र सिटमा आफुलाई सुरक्षित उभ्एको छ ।