
डोनाल्ड ट्रम्पले साउदी अरविय राजालाई गल्फलाई मिलाएर लग्न सुझाव दिएका छन । ट्रम्पले साउदी अरविय राजालाई फोन वार्ता गर्दै यो सुझाव दिएका हुन , उन भनेका छन गल्फमा भएको समस्यालाई मिलेर समाधान
गर्न उनले सुझाव दिएका हुन उनले भने ओमन , साउदी अरव , दुवई सवैलाई मिलेर जान सुझाव दिएका छन ।डोनाल्ड ट्रम्पले साउदी अरविय राजालाई गल्फलाई मिलाएर लग्न सुझाव दिएका छन । ट्रम्पले साउदी अरविय राजालाई फोन वार्ता गर्दै यो सुझाव दिएका हुन ,
उन भनेका छन गल्फमा भएको समस्यालाई मिलेर समाधान गर्न उनले सुझाव दिएका हुन उनले भने ओमन , साउदी अरव , दुवई सवैलाई मिलेर जान सुझाव दिएका छन ।
कतारसँगको कूटनीतिक सम्बन्धलाई लिएर बढ्दो तनावमाझ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खाडी मुलुकहरुबीचको एकतामा जोड दिएका छन्।
कतारलाई लिएर खाडी क्षेत्रमा बढ्दो संकटबारे उनले साउदी अरेबियाका राजा सलमानसँग कुराकानी गरेका हुन्।
यसअघि अतिवादीहरुलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै कतारलाई एक्लाउने साउदी अरेबियाको कदमको ट्रम्पले प्रशंसा गरेका थिए।
कतारद्वारा वार्तामा आउन आह्वान
ट्रम्पले उक्त कदम आतंकवादको त्रास अन्त्य गर्ने शुरुवात हुन सक्ने भन्दै ट्वीट गरेका थिए।
घोषणा
तर ह्वाइट हाउसका अनुसार साउदी राजासँगको पछिल्लो कुराकानीमा ट्रम्पले महत्वपूर्ण साझेदार मुलुकबीचको विवाद अन्त्यका लागि अमेरिकाले सबै पक्षसँग कुराकानी गरिरहेको बताएका छन्।
अतिवादलाई सघाएको आरोप लगाउँदै साउदी अरेबियासहित कैयौं खाडी मुलुकले सोमबार कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए।
कतारले अतिवादलाई सघाएको भन्ने आरोप सशक्त रुपमा अस्वीकार गरेको छ।
खाडी मुलुकबीचको विवादका कारण इन्धनको मूल्य बढ्नुका साथै यात्रा तथा पानीजहाजको आवतजावत प्रभावित भएको छ।
त्यसैगरी साउदी अरेबियाले कतारसँगको सीमा नाकाहरु बन्द गरेका कारण त्यहाँ खाद्यान्न संकट हुन सक्ने चिन्ता व्यक्त गरिएका छन्।