अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमीरसंग कुरा गर्दै अतिवादी धारणाको प्रवर्धन तथा विद्रोहीलाई आर्थिक सहयोग रोक्न सो क्षेत्रका सबै देशहरु मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
साउदी अरेबिया तथा अन्य केही अरब राष्ट्रहरुले कतारलाई एक्ल्याउन गरेको प्रयासको राष्ट्रपति ट्रम्पले एक दिन अगाडि समर्थन गरेको देखिएको थियो।
कतारले अतिवादीहरुलाई समर्थन गरेको आरोप अरब राष्ट्रहरुले लगाएका छन्।
ह्याक आरोप
कतारको विदेश मन्त्रालयले भनेको छ प्रारम्भिक अनुसन्धानबाट उसको सरकारी समाचार संस्था ह्याक गरिएको तथा सो खाडी मुलुकका शासकलाई उद्धृत गर्दै गलत समाचार इन्टरनेटमा हालिएको पत्ता लागेको छ।
सोमबार साउदी अरेबिया तथा अन्य अरब राष्ट्रहरुले आंशिक रुपमा ती समाचारका कारणका साथै कतारले अतिवादीलाई सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेका थिए।
खाना आपूर्ति प्रयास
साउदी अरेबिया, इजिप्ट, यूएई तथा बहराइनले ऊ संगको हवाई, जमिन तथा सामुद्रिकमार्ग मार्फत आवतजावत बन्द गराएपछि आवश्यक खाद्य तथा पानीको आपूर्तिका निम्ति कतारले इरान तथा टर्कीसंग कुराकानी गरेको एकजना कतारी अधिकारीले जनाएका छन्।
टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ। bbc
Nepali News बाट