
काठमाडौं । शेरबहादुर देउवा जबजब सत्ताको नजिक पुग्छन्, लोकतन्त्रमा कुनै न कुनै अनिष्ट आइलाग्छ । २०५२ सालमा संसदिय व्यवस्थाविरुद्ध माओबादीले हतियार उठाउँदा तिनै देउवा प्रधानमन्त्री थिए । र, १० वर्ष मुलुक रक्तपातपूर्ण द्धँद्धमा होमियो । त्यसपछि २०५९ मा उनी पुनः प्रधानमन्त्री भए र जनप्रतिनिधिमूलक संस्था संसदलाई दरबारमा बुझाइदिए । पछि राजा ज्ञानेन्द्रले राज्यशक्ति हातमा लिए र देउवालाई असक्षम भनि बर्खास्त गरिदिए ।
त्यस्तै २०६२ मा पनि उनी प्रधानमन्त्री भए र दोस्रोपटक अक्षम घोषणा गरि निकालिदिए । उनकै पालमा संकटकाल लाग्यो र हत्या हिंसा, अपहरण, भ्रष्ट्राचारजस्ता सर्वाधिक मानवविरोधी अपराधका घटनाहरु संस्थागत भए । अहिले तिनै अक्षम देउवा प्रधानमन्त्री भएका छन् । उनको काँधमा दोस्रो चरणको स्थानीय तह निर्वाचन, प्रदेशसभा र केन्द्रको निर्वाचन गर्ने जिम्मेवारी छ ।त्यो प्रतिक्षाको विषय बनिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा छ ।
देउवा चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि माथिका दृष्टान्तहरु सान्दर्भिक भएका छन् । उनी जुन परिस्थिति र पृष्ठभूमिमा प्रधानमन्त्री भएका छन् र कार्यकालको सुरुवाती दिन जुन दिशामा उन्मुख छन्, त्यसले आसन्न राजनीतिक अनिष्टको संकेत गर्छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।