
भाटभटेनी सुपरमार्केटमा खरिद गर्दा बिलमा ध्यान दिनुपर्ने बारेमाइसंसारको ब्लग पढेँ। जानकारीको लागि धन्यवाद छ। म पनि भाटभटेनीको नियमित ग्राहक हुँ। भाटभटेनीप्रति मेरो पनि एउटा गुनासो छ। आशा छ तपाईँले यो गुनासो सम्बन्धित ठाउँमा पुर्याइदिनु हुन्छ होला। भाटभटेनीको ग्राहक भएकोले मलाई सदस्यता स्वरूप एउटा क्लब कार्ड दिइयो।
त्यहाँ सामान खरीद रकमको आधारमा कार्डमा अंक प्राप्त हुन्छ। उक्त अंक २०० पुगेपछि रु १५ सय बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ भनेर भनिएको थियो मलाई।
मेरो कार्डमा २०० भन्दा बढी भएको बर्ष दिन कटिसक्यो तर मैले भौचर पाएको छैन।
धेरै पटक कोटेश्वर शाखामा सोधेँ। तर जहिले पनि तपाईलाई फोन आउँछ भनेर मात्र जवाफ पाइन्छ। किन यस्तो? यदि दिनु छैन भने किन ढाँट्ने? किन गर्छ भाटभटेनीले यस्तो? कृपया सर्वसाधारणलाई जानकारी गराई दिनु होला। आशा छ, भाटभटेनीको जिम्मेवार व्यक्तिबाट यसको जवाफ पनि पाइनेछ। धन्यवाद।