
काठमाडौं । साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले यो हप्ता आतंकवादलाई समर्थन गरेको भन्दै कतारसँग सम्बन्ध तोडे । यो सँगै कतारसँग जोडिएका दर्जनौँ आतंकवादीको सूची समेत सार्वजनिक गरे ।
यी चार मुलुकको संयुक्त वक्तव्यमा मुस्लिम ब्रदरहुडका आध्यात्मिक नेता युसुफ अल कतारदावी र १२ संस्थासहित ५९ व्यक्ति आतंकवादको सूचीमा छन् ।गल्फन्युजका अनुसार यीसँगै कतारी फन्डेड, कतार च्यारीटि, इद च्यारिटी पनि सूचिमा छन् ।