
काठमाडौं, जेठ २६ । धेरै पुरुषहरुको कुनै पनि महिलासँग जति नजिक हुन खोज्यो त्यती नै ति महिला आफुसँग टाढिन खोजेको गुनासो हुने गर्छ । यस्तोमा उनीहरु धेरै चिन्तित हुन्छन् र महिलाहरुलाई सजिलैसँग कसरी आकर्षित गर्न सकिन्छ भनेर उपायहरु खोज्ने गर्छन् ।
कोही पुरुषमा भने धनी वा पैसावाल, सुन्दर र धेरै पढेको केटालाई मात्रै केटीले मनपराउने धारणा रहेको पनि पाइन्छ । तर, अध्ययनका अनुसार महिलाहरुले पुरुषको सानो सानो बानीलाई धेरै नै ख्याल गर्छन् र पुरुषका केही यस्ता बानीलाई धेरैजसो महिलाले फिटिक्कै मनपराउँदैनन् ।
तपाईं पनि कुनै महिलालाई प्रेम प्रस्ताव राख्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यी ५ कुराहरु राम्रोसँग बिचार गर्नुहोस र यदि तपाईमा पनि यस्ता बानी छन् भने त्यसलाई तुरुन्तै परिवर्तन गर्नुहोस् ।
थाहा पाइराख्नुहोस कुनै पनि महिलालाई पुरुषका कस्ता बानी मनपर्दैनन्
१. आफ्नै तारिफ गर्ने
कुनै पनि महिलाले यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।
२. फ्लर्ट बढी गर्ने
पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । तर कुनै पुरुष भने जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ताखाले पुरुषबाट महिला टाढा हुन्छन् ।
३. सानो कुरामा पनि शंका गर्ने
पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै शकालु हुने गर्छन् । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मनपर्दैैन ।
४. केटीको अर्को पुरुष साथीको इष्र्या गर्ने
धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।
५. केयर नगर्ने
महिलालाई अाफ्नाे सानाे सानाे कुराकाे पनि केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई वास्ता नगरी त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन । -एजेन्सी