
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको बैठकमा राजपा नेपाललाई पनि सहभागी गराउने कसरतस्वरुप बिहानैदेखि लगातार बैठक बसिरहेका छन् ।
सत्तारुढ दलका शीर्ष नेताले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन सार्ने विषयमा छलफल गरेका थिए ।
तर निर्वाचन आयोगले निर्वाचन मिति सार्न नहुने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो ।
त्यसपछि अहिले राजपा नेपालका नेताहरुसँग छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु छलफलमा भोलि हुने मनोनयन दर्ताको समय सार्ने कि निर्वाचनको मिति नै भन्ने बारेमा निर्णय हुने नेताहरुले जनाएका छन् ।
सत्तारुढ दलका नेताहरुले मनोनयनको मिति सारेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउने कसरत जारी राखेका छन् ।
स्रोतका अनुसार निर्वाचन आयोगले अहिले निर्वाचनको मिति सार्ने हो भने नेपालमा राजनीतिक दुर्घटना निम्तिन सक्ने चेतावनी दिएको थियो ।
कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ ।