
एजेन्सी–कुटनीतिक संकट परेपछि कतारले सन् २०२२ मा गर्न लागेको विश्वकप फुटबल कतै नुहने त होइन भन्ने शंका सबैमा छाएको छ । करिब १६० बिलियन अमेरिकी डलर बराबरको बिल्डिङ प्रोगाम समयमा नै सक्न कतारलाई थप चुनौती छ ।
तेल तथा ग्याँसमा धनी रहेको इमिरेटले यो र अर्को वर्ष गरेर आठवटा ‘स्टेट–अफ–द–आर्ट’ विश्वकप स्टेडियमका भौतिक संरचना सक्नु पर्ने तथा नयाँ दोहा मेट्रो सिस्टमको पनि पुर्ण रुपमा सक्ने योजना रहेको थियो ।फिफालाई सन्तुष्ट बनाउन कतारले ६० हजार होटल रुमहरु पनि तयार पार्नुपर्नेछ । टोर्नामेन्टका लागि यी सबै अत्यावश्यक मानिन्छन् । अन्तराष्ट्रिय बजारमा तेलको मुल्यमा कमि आएसँगै कतारको अर्थतन्त्र पनि सुस्ताएको थियो ।
छिमेकी राष्ट्रहरुले भ्रमणमा रोक तथा सिमा क्षेत्रमा कडाइ गरेपछि कतारमा विश्वकपका लागि तयार भइरहेको काममा समस्या उत्पन्न गरेको छ ।समयमा नै काम सक्न कतारलाई हजारौको संख्यामा कामदारहरु चाहिएको छ भने निर्माण साम्रागीको सहज आपुर्तीको आवश्यकता रहेको छ ।एक अध्ययनका अनुसार कतारलाई ३६ हजार वैदेशिक कामदारहरुको आवश्यकता रहेको छ ।
ब्रिटिस कन्स्ट्रक्सन कम्पनीहरु बिल्डिङ निर्माण कार्यको मुटुमा रहेका छन् । अर्थविद ग्राहम रोबिनसनले टेलिग्राफसँग भनेका छन्,‘हालसम्म यो कुटनैतिक संकटले सन् २०२२ मा हुन गइरहेको विश्वकपका भौतिक निर्माण कार्यमा असर पारेको छैन ।’उनले भनेका छन्,‘यो संकटले सबैभन्दा समस्या कामदारहरुको सप्लाइमा हुने देखिन्छ । यसले गर्दा कामदारहरुको अधिकारमा समेत ठुलो समस्या देखिनेछ ।’
‘यी समस्याका कारण समयमा नै स्टेडियम निर्माण कार्यमा ढिलासुस्ती हुनेछ । ठुलो धनराशी खर्च गरिसकिएको छ । यो संकटले कतार सरकारलाई आफ्नो प्रतिबद्धता प्रमाणित गर्न कठिन हुनेछ ।’दुवइमा बस्दै आइरहेका ब्रिटिस कन्स्ट्रक्सनका प्रमुखले भनेका छन्,‘हामीलाई तुरुन्तै एउटा निकाशको आवश्यकता रहेको छ । यस संकटलाई खुकुलो पार्न पहलको आवश्यकता छ ।’उनले थप्दै भने,‘यो अझै पनि ढिलो मार्केट हो ।
तेलको मुल्यमा गिरावट आउनुले पनि कतारलाई असर पारिसकेको छ । निर्माण भइरहेका कार्यक्रममा यसको प्रभाव धेरै नै परेमा समयमा नै काम नसकिने देखिन्छ ।’कतार विश्वकप सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा हुँदैछ । १८ डिसेम्बरमा फाइनल खेल हुने भनिएको छ ।पछिल्लो पटक कामदारहरुको अधिकारका विषयले पनि विश्वकपको तयारीमा झुटेको कतार विवादमा परेको छ । कतारले कसरी निकाशको बाटो खोज्छ त्यो उसको कुटनैतिक पहलमा नै भर पर्ने कुरा हो ।
source nayapatrika