
पश्चिमी लण्डनको लाटिमर रोडअवस्थित एक २४ तलाको भवनमा भएको आगलागीमा अहिलेसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ । लगभग ५० जना अस्पतालमा भर्ती भएका छन् भने अन्य मासिनको हालखबर अहिलेसम्म जानकारीमा आउने सकेको छैन । कयौं मानिस मरेको आशंका गरिएको छ ।
आगालागी भएको करिब १० घण्टापछि मात्र ग्रेनफेल टावरबाट आगो नियन्त्रणमा आएको छ । लण्डनको अग्नी नियन्त्रकले अहिलेसम्म कतिजनाको मृत्यु भयो भन्ने बताउन मुस्किल भएको बताए ।
यस घटनाका केही प्रत्यक्षदशी उक्त भवनबाट बाँचेर निस्किएका छन् । जसको भनाइ बीबीसीले प्रकाशन गरेको छ ।
प्रत्यक्षदर्शीः जोडी मार्टिन्
मेरा चारै तर्फ भवनका टुक्रा खसिरहेका थिए । म एक्कसी तातो धातुसँग ठोकिए ।
म आफूलाई बाहिर निकाल्न सहयोग गर्न कराइ रहेको थिए । र, उनीहरु मलाई कराएर भनिरहेका थिए की कोरिडोरमा धुवा भरिएको छ । मलाई लाग्छ त्यतिखेरसम्म आगो निभाउने टोलीले काम थालिसकेको थियो ।

जव जब म अगाडि आउँदै थिए । आगो नियन्त्रणको टोली आइपुगेका थिए । किनकी म भवनको भीत्रबाट फ्ल्यासलाइट देखिरेको थिए । तर चौथो तला सम्म मात्र ।
मलाई लाग्दैन की उनीहरु चौथो तलाबाट माथिए । गए किनकि त्यहाँ पुग्ने सम्भावना नै थिएन ।
मानिसहरु झ्यालबाट आफ्नो फोनको टर्च देखाइरहेको थिए र पुरै भवन धुवा र आगोको पकडामा आएको थियो ।
मानिसहरु भवनबाट चिच्याइरहेको थिए । धेरै मानिस बाहिर निस्कन पाएनन् ।
तमारा बाहर
एक बजेको आसपास मेरी आमाले मलाई फोन गरिन् र भनिन् कि सायद बाहिर आगो लागेको छ । त्इसपछि हामी बाहिर आयौं । जब हामी बाहिर निस्क्यौं त्यतिखेरसम्म भवनका बाँया हिस्सा पूर्ण रुपमा जलेको थियो र दाहिने हिस्सामा आगो लाग्दै थियो ।

मासिहरु हेल्प मी, हेल्प मी भन्दै कराउँदै थिए । मेरो् भाइ र म भवनको केही नजिकसम्म पुग्यौं । मानिसहरु आफ्नो बच्चा झ्यालबाट बाहिर फाल्दै थिए । उनीहरु ‘बस मेरो बच्चालाई बचाँओ’ भन्दै चिच्याउथे ।
त्यहाँ प्रहरी, आगो नियन्त्रक सवै थिए तर केही गर्न सकिरहेका थिएनन् ।