
भ्रष्टहरुको एउटा जत्था अहिले काठमाडौंका नवनियुक्त मेयर विद्यासुन्दर शाक्यलाई असफल पार्न सक्रिय रहेको भेटिएको छ ।
मेयर नियुक्त भएको दुई सता बित्न लाग्दासमेत उनको सचिवालले पूर्णता पाउन सकेको छैन ।
नयाँ मेयरलाई असफल बनाउन चिठी बनाउने बनाएका चिठी लुकाउने, लुकाएर रातारात अर्कोलाई नियुक्ति गर्ने धन्दामा अहिले त्यहाँका प्रशासन प्रमखु ज्ञानेन्द्रबहादुर कार्की, हरि कुँवर र शाखा अधिकृत सुमन अधिकारीहरु सक्रिय छन् ।
कस्तोसम्म भने सुरुमा उपमयेरको सचिवालयमा गंगाधर गौतमलाई खटाइने चिठ्ठी बन्यो । यो चिठी सुरुका केही दिन सुमन अधिकारीहरुले लुकाए । बीचमा विमला कोइरालालाई खटाउने गरी चिठी बन्यो । उक्त चिठि पनि लुकाइयो र पुनः उपमेयरको सचिवालयमा गंगाधरलाई खटाइएको छ । उस्तै हालत छ मेयरको सचिवालयमा ।
त्यहाँ चार जनाको कर्मचारीको चिठी बनाएर पनि समुनहरुको सक्रियतामा लुकाएर आज भोलि गर्दै भुलाइएको छ । जता हे-यो त्यतै अनियमितता छ । यिनै ज्ञानेन्द्रहरुका कारण खोक्रो भइसकेको महानगरपालिकामा अर्को गाइजात्रा छ, पदपूर्ति समितिको अध्यक्ष छन् शिव मुनकर्मी ।
उनी कांग्रेसनिकट प्राध्यापक संघका पूर्व अध्यक्ष हुन् । सोही समितमा छन्, ज्ञानेन्द्रबहादुर कार्की, रद्रमान तामाङ, लोकसेवाका सहसचिव महेन्द्र गुरागाई ।
यिनै महेन्द्र गुरागाई समेत खरिद गरी ज्ञानेन्द्रहरुले एउटालाई बढुवाको निर्णय पाटन अदालतले उल्टाएपछि नजराना बुझाएर बढुवामा परेकाहरुको रुवावासी छ ।
जनआस्थाबाट