काठमाडौ, जेठ ५– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन, दोस्रो चरणको निर्वाचन, महाअभियोग लगायतका विषयमा सहमति जुटाउन संसदमा रहेका दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ बजेका लागि बोलाइएको बैठकमा सत्तासाझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष एमाले, राजपा नेपाल, राप्रपा लगायत संसदमा रहेका दलका नेताहरु सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार चितवनमा भएको एक कार्यक्रममा दलहरुवीच अर्को महत्वपूर्ण सहमति हुने बताएका थिए ।