दोलखामा सिडिओ र डिएसपीकै संलग्नतामा सत्तापक्षको ताण्डव दर्जनौं बुथमा पेशवेर गुण्डाद्धारा एमाले माथि आक्रमण,एमालेका उम्मेदवार मतदानस्थल छाडे
दोलखा ।दोलखा जिल्लाका करीव एक दर्जन मतदान केन्द्रमा सुरक्षाकर्मी र मतदानस्थलमा खटिएका कर्मचारीकै मिलेमतोमा कांग्रेस र माओवादीले बुथ कब्जा गरेपछि एमालेका उम्मेदवार मतदानस्थल छाडेर हिडेका छन् ।
नेविसंघका महामन्त्री गगन थापाले काठमाडौंमा एक साताअघिदेखिनै लगेका पेशेवर गुण्डाहरुले तरबार र भाला प्रहार गरि जफेमा एमालेका उम्मेदवार परशुराम कार्की र जिल्ला कमिटी सदस्य जिवस कार्कीलाई गम्भिर घाइते बनाएका छन् । उपचारका लागि भनेर प्रहरीले लिएका दुवै घाइतेलाई कालापानी बुथबाट जामुने बुथमा लगेर रक्ताम्य अवस्थामा छाडेको र मतदान केन्द्रभित्र प्रहरी,सेनाकै अगाडि गुण्डाहरुले मतदातालाई कुट्दै बाहिर फालेपछि मतदानस्थल छाडेर एमाले उम्मेदवार हिडेका थिए ।
एमाले जिल्ला अध्यक्ष समेत रहेका तामाकोशी गाउँपालिका प्रमुखका उम्मेदवार इश्वरचन्द्र पोखरेल सहित एमालेका मतदाताको हत्या गर्ने प्रयास हुँदा पनि प्रहरीले सुरक्षा दिन सकिदैन भनेपछि मतदानस्थल छाडेर हिड्नुपरेको हो । सुरक्षाकर्मीलेनै गुण्डाहरुको संरक्षण गरेर कुटाउन थालेपछि बाध्य भएर मतदान बहिस्कार गर्दै बाहिरिनुपरेको पोखरेलले बताए । कांग्रेस र माओवादीले बाहिरबाट लगेका पेशवर गुण्डाहरुले सुरक्षाकर्मीको समर्थनमा एमालेमाथि आक्रमण थालेका थिए ।
दोलखाका डिएसपी र प्रमुख जिल्ला अधिकारीलेनै माओवादी र कांग्रेसले कब्जा गरेका ठाउँमा मतदान जारी राखने र एमाले बाहुल्य रहेका मतदान केन्द्रमा गोली चलाएर मतदान स्थगित गराउने रणनीति बनाएको पाइएको छ । वैत्यश्वर गाउँपालिकाका गैरीमुदीका दुई बुथ र मिर्गेमा पनि हतियारधारीहरुले प्रहरीकै समर्थनमा बुथ कब्जा गरेपछि एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् । दोलखामा सुनियोजित रुपमा राज्यशक्तिको दुरुपयोग गरेर बुथ कब्जा गरिएको छ । एमालेले निर्वाचन बदर गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । ती मतदानस्थलमा पुनः मतदान नगरिए मतगणनामा पनि सहभागी नहुने एमालेले तयारी गरेको छ । मतगणना हुनै नदिन एमाले नेतृत्वमाथि दबाब छ ।