चुनाव कै दिन प्रचण्डलाई झट्का, माओवादीका उम्मेदवारद्वारा मतदान बहिस्कार गर्न अपिल
हुम्ला । मतदानकै दिन सर्केगाड गाउँपालिका १ नम्बर वडा जैरमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित सिंगो पार्टी कमिटीले विद्रोह पार्टी परित्याग गरेको छ । साथै मतदानमा भाग नलिन मतदातासँग अपिल गरेकाे छ ।
उनीहरुसँगै पार्टीका जिल्ला सचिवालय सदस्य, सर्केगाड गाउँपालिका कमिटीका उपाध्यक्षसमेत रहेका छन् । उनीहरुसँगै पार्टीका जिल्ला सचिवालय सदस्य, सर्केगाड गाउँपालिका कमिटीका उपाध्यक्षसमेत रहेका छन् । उनीहरुले मतदान बहिस्कार गरेका छन् ।
माकेको जिल्ला संगठनले गाउँपालिका स्तरमा एमालेसँग तालमेल गर्ने निर्णयअनुसार १ नम्बर वडामा पनि एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि यस वडाबाट माकेको सिंगो कमिटीले विद्रोह गरेको हो ।
उम्मेद्धार रावतले गाउँपालिका स्तरमा तालमेल भएपनि आफ्नो वडामा भने उम्मेदवारी दिने निर्णय भएको बताए । तर जिल्ला पार्टीले उम्मेदवारी फिर्ता लिई एमालेसँगको तालमेल गर्न दबाब दिएपछि आफूलाई उक्त कुरा अस्वीकार भएको उनले बताए । मतदातालाइ मतदान नगर्न पनि रावतले अपिल गरे ।
जिल्ला पार्टीले निर्देशन नमान्नेलाई कारवाही गरिने भन्ने पत्र गाउँ पार्टी कमिटीलाई थमाएपछि सिंगो गाउँ कमिटीले राजीनामा दिएको रावतले बताए । माथिल्लो कमिटीले तल्लो कमिटीलाई पेल्ने रणनीतिविरुद्ध आफूहरुले विद्रोह गरेको गाउँ कमिटीका अध्यक्ष तिर्थ बुढाले बताए ।
आफूहरुको पार्टीको माथिल्लो कमिटीको तानाशाही प्रवृत्तिका कारण मतदान प्रक्रिया बहिस्कारबाट बिथोल्ने स्थितिमा पुग्न बाध्य बनाइएको अनलाइन डबलीलाई बताए ।
पार्टी विद्रोह गर्नेहरुमा गाउँ कमिटीका अध्यक्ष बुढा, उपाध्यक्ष रामे रावत, सचिव गोरा सुनार, सर्केगाड गाउँपालिका सदस्य लक्ष्म नेपाली तथा गाउँपालिका उपाध्यक्ष कालीबहादुर बुढासहित एक दर्जन रहेका छन् ।