आतंककारी गतिविधि नरोके अनेरास्ववियुले रोक्न सिकाउने, महासचिव महरको चेतावनीकाठमाण्डौ २८- अनेरास्ववियुका महासचिव ऐन महरले दोलखा घटनाको हत्यारालाई सरकारले अबिलम्ब कार्वाही नगरे आफुहरुले नै कार्वाही गर्ने चेतावनी दिएका छन् । यदि अखिलले कार्वाहि गर्नु परे त्यो ईतिहाँसमै पहिलो पकट सरकारको लागी निकै लज्जापुर्ण हुने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. १ का नेकपा एमालेका कार्यकर्ता कुल बहादुर तामाङ्गको निर्ममतापुर्ण तरिकाले हत्या भएकोमा घटनाको घोर निन्दा गर्दै महरले शान्मि प्रकृयापछि पनि माओबादीमा अझंै आतङ्कबादीको स्वभाव रहेको बताए । देशमा जनताले ल्याएको गणतन्त्र र लोकतन्त्र आईसकेको स्मरण गराउँदै महरले गणतन्त्र र लोकतन्त्रको सम्मान गर्न आग्रह पनि गरे ।
माओबादीमा अझंै पनि आतंककारी स्वभाव भएकाले उस्ले आफ्नो स्वभाव परिवर्तन गरोस् नगरे अनेरास्ववियुले सिकाउने पनि उनले उदघोस् गरे । महरका अनुसार यदी माओबादीलाई सिकाउने परिस्थिति आयो भने त्यतिबेला उस्ले निकै नै ठुलो मूल्य चुकाउनु पर्नेछ । डढेलो लगाएर उजाड पारिएका बनहरु पनि हरियो भएर झाङ्गि सकेको बताउँदै जङ्गल फर्कने ठाउँ नरहेकोले जङ्गली गतिविधी रोक्न उनले आग्रह गरे । १० वर्षे द्वन्द्वकालको समाप्तिसंगै मान्छे मार्ने खेलको पनि समाप्ति भएको हुनाले महरले यस्तो अराजक र हिंस्रक खेल रोकेर शान्त र सौहार्द वातावरणमा चुनावमा सहभागि हुन सुझाव दिए ।
उनले माओबादीद्धारा गरिएको यो घटनाको जति नै निन्दा गरेपनि कम हुने भन्दै यस्ता अमानबिय घटना घटाउनेहरु देश द्रोही भएको बताए । उनले माओबादीलाई शान्तिपुर्ण राजनीति गर्न आग्रह गर्दै नगरे अनेरास्ववियुले नै माओबादीलाई सुधार्ने चेतावनी पनि दिए ।