पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको इलाका पालुङटारमा कांग्रेसले मेयर जित्यो
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ । कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले ४ हजार २ सय मत ल्याउँदै मेयरमा विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका चिन्तनले ४ हजार ३० मत ल्याएका हुन् । नयाँ शक्ति(संघीय समाजवादी फोरमका उम्मेदवार अशोक देवकोटाले ३ हजार ८ सय ३० मत हासिल गरे ।
भट्टराईको पार्टी र संघीय समाजवादी फोरमबीचको तालमेलमा उम्मेदवार बनेका अशोक देवकोटा उक्त नगरपालिकामा तेस्रो हुन पुगे । सुरुवातमा अग्रता लिएका देवकोटाले अन्तत माओवादी केन्द्रका विवस चिन्तन भन्दापछि परे ।