
जनकपुर । धनुषा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५५ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो, ४ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी मलेशियामा कार्यरत नेपाली कामदारबाट रकम संकलन गरेर कामदारको नेपालस्थित घरमा पैसा पठाउने कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमा रघुनाथपुर– ४ धनुषाका महादेव राउत, विष्णुदेव राउत, रोशन कुमार महरा र एकराही १ का अरुण दास तथा सबैला २ का विन्देश्वर राउत छन् ।
पाँचैजनालाई थप अनुसधानका लागि राजश्व अनुसन्धान विभागमा पठाइने धनुषाका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादवले बताए ।
उनीहरुबाट प्रहरीले रु ५५ लाख, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको ईश्वरचन्द्र झाको बाइलाइनमा हिमालखबरमा समाचार छ ।