काठमाडौं । धनी बन्ने चाहना कसको हुँदैन र? तर केही व्यक्ति मात्र छोटो उमेरमा करोडपति बन्ने गरेका छन्। करोडपति ती व्यक्ति बन्ने गरेका छन्, जो एकदमै राम्रोसँग आफ्नो वित्तीय व्यवस्थापन गर्छन्।

करोडपति बन्नका लागि ती ब्यक्तिहरुले अपनाउने सुत्रका बारेमा तपाईले पनि जान्दा राम्रो हुन्छ।
२५ बर्षको उमेर भएकालाई तपाईको अहिलेको उमेर २५ बर्ष छ भने तपाईलाई करोडपति बन्न अझ सहज छ । तपाईले अवकास पाउँदासम्म दुई करोड रुपैयाँ आरामले जोगाउन सक्नु हुन्छ । सबैभन्दा पहिले तपाईले प्रत्येक महिना पाँच हजार रुपैयाँ लगानीका लागि छुट्याउनु पर्ने हुन्छ ।
तपाईको लगानीमा १० प्रतिशत मात्रै प्रतिफल आयो भने पनि तपाई सजिलै करोडपति बन्न सक्नु हुन्छ ।यसका लागि तपाईले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) बनाउनु पर्छ । यसो गर्दा तपाईको लगानीमा जोखिम पनि कम हुन्छ र एकदमै राम्रो प्रतिफल पनि पाउँदै जानु हुन्छ । एसआइपीको माध्यमबाट तपाईले सामूहिक लगानी कोषहरुमा लगानी गर्न सक्नु हुन्छ ।
यसै गरी तपाईले ४५ देखि ५० बर्ष उमेरको पनि प्लानिङ गर्न सक्नु हुन्छ । तर यसले मासिक बोझ भने थपेर लैजान्छ । त्यसैले उमेर छँदै प्लानिङ गर्दा राम्रो हुन्छ । तपाई दुई करोड नै किन ५० लाखदेखि एक करोड रुपैयाँसम्मको पनि प्लानिङ गर्न सक्नु हुन्छ ।
एसआइपीले अनुशासित हिसावले लगानी गर्न प्रेरित गर्छ । प्रत्येक महिना रकम बचत गर्ने बानीले तपाईको बजेटलाई पनि असर गर्दैन । समयसँग तपाईले बचत गरेको रकम ठूलो थैलीमा परिणत भइसक्छ ।
एसआइपीको माध्यमबाट जम्मा भएको रकम तपाईले सेयर बजार घटेका बेला लगानी गर्ने अवसर पाउनु हुन्छ । बढेको बजारमा त जसले पनि लगानी गरिरहेको हुन्छ । वढेको बजारमा लगानी गर्दा जोखिम पनि ठूलो उठाउनु पर्छ । तर बजार घटेका बेला तपाईसँग जम्मा भएको रकम लगानी गर्नु भयो भने राम्रो आम्दानी गर्ने अवशर प्राप्त गर्नु हुने छ । यसबाट तपाईलाई करोडपति बन्न थप सजिलो हुन्छ ।