काठमाडौं । सर्लाही ईश्वरपुर नगरपालिका–१२ लच्कास्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा दाजुबहिनीको ज्यान गएको छ। दाजुले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।
ना.४ ख ६५२६ नम्बरको बसले बा.८२ प ३६६३ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१ बस्ने २२ वर्षीय बिसाल श्रेष्ठ र मोटरसाइकलमा सवार उनकै बहिनी २० बर्षीया बिपना श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिएपछि बसका चालकले बस रोकेर फरार भएका थिए। बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी भैरहेको सर्लाही प्रहरीले जानकारी दियो।