भरतपुर – भरतपुर महानगरपालिकाको माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छन् । यसअघि २ हजार भन्दा बढी मतले पछि परेकी रेणु अहिले भने एमालेका उम्मेदवार देबी ज्ञवाली भन्दा १४ सय ६ मतले पछि परेकी छन् । एमालेका उम्मेदवार ज्ञवालीले १० हजार ३ सय ३७ मत पाएका छन् भने रेणुले ८ हजार ९ सय ६७ मत ल्याएकी छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाह अघि रहेकी छन् । उनले १० हजार ३ सय ७३ मत पाएकी छन् । एमाले उम्मेदवार दिव्या आचार्यले ८ हजार ८ सय ८८ मत पाएकी छन् ।

प्रचण्डको वडामा एमाले विजयी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी भएका छन् ।भरतपुर महानगरपालिका वडा नः ४ मा एमालेका उम्मेदवार आचार्यले कांग्रेसका उम्मेदवार उपेन्ऽराज सापकोटालाई ७ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । आर्चायले १ हजार ७ सय २० मत प्राप्त गर्दा सापकोटाले १ हजार ७ सय १३ मत प्राप्त गरे । यहाँ कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो । तर, आयोगले मत संख्या गणनाका आधारमा आचार्यलाई बिहीबार साँझ मात्रै बिजयी भएको घोषणा गरेको छ ।मेयरकी उम्मेदवार माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल उठेको वडामै माओवादी केन्ऽको भोट कांग्रेसको भन्दा पनि कम आएको छ । कांग्रेसको केही भोट राप्रपालाई गएको अनुमान गरिएको छ । प्रचण्डको घर महानगरपालिकाको वडा नं. ४ को त्रिचोक नजिक छ । प्रचण्डले लक्ष्मी मावि लंकुबाट मतदान गरेका थिए ।यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले मतदान गरेको भक्तपुरको वडामा कांग्रेसले जितेको थियो ।SOURCE RIGHT NEPAL