ओलीले तयार पारेको उज्यालो बाँडेर प्रचण्डले नाक फुलाउन मिल्छ र ? फेसबुकमा बिना डाटा, बिना आधार उर्जा बिज्ञ हुने कुचेष्टा नगरौं
गुरु भट्टराई
ओलीका पालामा बिजुली बेचेर लोडसेडिङ भाको? उसो भा तात्कालिन उपप्रम तथा उर्जामन्त्रि माओवादीका टोपबहादुरलाइ सोध । तात्कालिन नेबिसंघका नेता मेरा मित्र मुकेश काफ्ले नेबिप्राका प्रमुख थिए, कोइरालाकै पालामा नियुक्ति पाएका । उनलाइ प्रश्न उठाउ । काफ्लेका पालमै यि सबै तयारीका काम भैसकेका थिए, कुलमान भन्दा धेरै गुणा उर्जा कटौतिमा कसरी काम गर्ने भन्नेमा काफ्लेनै बढी तर्कशिल देखिन्थे । काम त्यसै दिशामा अघी बढाइयेको हो। झुर तर्कमा झर्नु पहिले थोरै ज्ञान राखेर आउ । बिध्युत भार कटौति घटेका तिन कारण छन :
१. निर्माणाधिन आयोजनाबाट थपिएको आन्तरिक उत्पादन (झन्डै १५० मेवाट)
२. भारतसंग ओलिले गरेको बिध्युत खरिद संझौता अनुसार आयात गरिएको ३८० (मेवाट)
३. हामीसंग भएका र थपियका बिध्युत बितरणको ब्यबस्थापन । स्मरण रहोस, हाम्रो प्रसारण Loss अझै घटेको छैन । २०% माथी छ । हुनुपर्ने १०-१२% मात्रै हो ।
बिध्युत कसैको पिँधमा तार जोडेर आएको हैन । तिनका पिँधमा हाइ भोल्टेज करेन्ट छ भने मुलुकका अन्य ६०% जनताले बिध्युत देख्न पाएका छैनन, तिनलाइ २-४ महिना त के २-४ बर्ष भित्र बिध्युत जोडेर झिलिमिली पारेर देखाउ । बिगत देखी यही स्थितिको निम्ति काम गर्ने अरु, पाकेपछि भान्सो लाग्न आउने चमत्कारिक हुने कुचर्चा? जति सत्य हो त्यति चै प्रशंसा गर्नु नी । प्रचन्ड-बाउरामलाइ कुनै बेला क्रान्ति नायक भनेर भजन पुजापाठ गर्नेहरुलाइ त के भन्नु, यी कांग्रेसीहरु चै किन बहुलाएका?
पोहोरसाल मात्र भारतबाट बिध्युत ल्याउन निर्माणमा रहेको प्रशारण लाइन सकिने बित्तिकै लोडसेडिङ हटाउँछौ भनेर ओलीले भन्दा पिँधमा खुर्सानीको धुलो छर्किदिए झै उफ्रिने पातकिहरु अहिले त्यही प्रशारण लाइनबाट बिध्युत ल्याएपछि चमत्कार गरेको ढोल बजाउदै छन । कुलमानलाइ नै बिगतमा किन लोडशेडिङ भो अहिले कसरी हट्यो भनेर मेडियाले सोध्दा पुरानो कुरातिर नजाउँ भने – कारण चमत्कार हैन, तयारि पुरानो नै हो भन्ने आँट भएन । नचाहिदो पगरी गुथ्ने? फेबुमा बिना डाटा, बिना आधार उर्जा बिज्ञ हुने कुचेस्टा नगर ।