नेपाल बन्दको प्रभाव आंशिक, ट्रकमा आगजनी र सडकमा बम भेटियो
धनगढी, बैशाख ३० । पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । धनगढीमा दुई वटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गराइएको छ । धनगढीको मूख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम राखिएको हो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ । आफ्ना पार्टी कार्यकर्तालाई प्रहरीले पक्रेको भन्दै विरोधमा नेपाल बन्द गरिएको दावी उसले गरेको छ । धनगढी डडेल्धुरा जोड्ने पहाडी रुट भीमदत्त राजमार्गस्थित एक ट्रकमा आगजनी पनि गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकाहरु केहीलाई प्रहरीले पक्रेको पनि छ ।
सुनसरीको बराह नगरपालिका महेन्द्रनगरबाट पनि ६ जना पक्राउ परेका छन् । निर्वाचनविरुद्ध प्रचारमा रहेकाहरुलाई पक्राउ गरेको सुनसरीका प्रमुख पोषराज पोखरेलले जानकारी दिए । म्याग्दीको बेनी नगरपालिका ज्यामरुककोटको भकुण्डेस्थित अर्जुन मावि मतदान केन्द्रभन्दानजिक दुई पटक विष्फोटको गराइएको थियो ।