धादिङ,३० बैशाख । धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रणबहादुर तामाङको छोरा छिरिङ तामाङलाई सशस्त्र प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
उनलाई सत्यादेवी गाविसको बुथ नजिकबाट सशस्त्र प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो। सशस्त्र प्रहरी स्रोतका अनुसार, उनीसँगै दिलमान पाख्रिन पनि पक्राउ परेका छन् । उनीहरुका साथबाट सशस्त्र प्रहरीले तीन थान गोली र दुई ओटा खुकुरी पनि बरामद गरेको छ ।
सो ठाउँमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रणबहादुर पक्षले निर्वाचन आफ्नो पक्षमा पार्न अमानवीय हर्कत गर्दै आएको बताइएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।