मन्त्री जिवनबहादुर शाहीको नेतृत्वमा हुम्लामा ,कांग्रेसका कार्यकर्ताहरुले फायरिङ गर्दै मतदाता लखेटेर बुथ कब्जा गरे
हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा खानेपानी तथा सरसफाईमन्त्री जीवन बहादुर शाहीको नेतृत्वमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको छ । मन्त्री शाहीको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले फायरिङ गर्दै मतदाता लखेटेर बुथ कब्जा गरेका हुन ।
सरकारका वाहलवाला मन्त्री शाहीनै बुथ कब्जामा संलग्न भएको भन्दै नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट बिद्रोह गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुले मतदान प्रक्रिया बरिष्कार गरेका छन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा र प्रहरी प्रमुख कमल प्रसाद समेतको मिलीभगतमा सुनियोजित रुपमा राज्यशक्तिको दुरुपयोग गरेर बुथ कब्जा गरिएको छ । र अहिले कांग्रेस बाहेक सबै पक्षले मतदान प्रक्रिया बहिष्कार गरेपनि स्थानीय प्रशानको आडमा मंत्री शाहीले मतदान प्रक्रिया पूनः सूचारु गर्न दवाव दिइरहेका छन ।
मंत्रीको प्रत्यक्ष निर्दैशनमा कांग्रेसी कार्यकर्ताहरुले बन्दुक फायर गर्दै मतदान केन्द्रमा गएर मतदातालाई भोट हाल्नबाट बन्चित गरेका छन । शान्तिपूर्ण निर्वाचनको वतावरण मिलाउने जिम्मेवारी लिएको सुरक्षा निकाय समेत कांग्रेसको पिछलग्गु बनेको छ । शाहीले ७० को सम्बिधान सभाको निर्वाचनमा पनि हतियारको दम्भ प्रर्दशन गरेर बुथ कब्जा गरेर बिजय हासिल गरेका हुन ।