गोरखा – बाबुरामको गृहजिल्ला गोरखामा एक बोरा सकेट बम फेला परेको छ। आज बिहान सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा ढुंगाको ओडारमुनि एक बोरा सकेट बम फेला हो |
प्रहरीका अनुसार ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीको टोलीले एक बोरा सकेट बम फेला पारेको हो। सकेट बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ। सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चुनावको मुखैमा देशका विभिन्न ठाउँमा बिभिन्न खाले हातहतियार फेला परेका समाचार पनि आइरहेका छन्