एजेन्सी
जेठ ४ – नन बनिसकेपछि पनि विवाह गरेकी बोल्ड नायिका सोफिया हयात एक पटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा, विवाह पछि उनी आफूलाई ‘अल्लाह माँ’ बताइरहेकी छिन् । सोफियाले आफू धर्तीकी एक्ली व्यक्तिलाई जसलाई पवित्र चरोमोत्कर्ष र डिभाइन सेक्सबारे थाहा भएको दाबी गरेकी छिन् । अब उनी संसारभरी यो शब्दलाई फैलाउने सोचमा रहेको जानकारी दिएकी छिन् । यतिमात्र होइन, उनले यो पनि दाबी गरिन् कि उनी एकमात्र यस्ती नन हुन् जसले आफ्नो विवाहमा भगवानलाई निमन्त्रण दिइन् ।

इन्स्टाग्राममा पोष्ट गरिएको नयाँ फोटोसँग सोफियाले लेखेकी छिन्, ‘चरामोत्कर्ष भगवानको शक्ति हो । अल्लाह माँको शक्तिले नै सबै बनेको छ । यो इश्वरीय देन हो । एक पवित्र चरमोत्कर्ष । अल्लाह हु अकबर, ॐ नमः शिवाय !’

उनी थप्छिन्, ‘आफ्नो यौनाङ्गको सम्मान गर्नुहोस् । चरमोत्कर्ष इश्वरको शक्ति हो । अब म र मेरा श्रीमान मिलेर मानिसहरुलाई डिभाइन सेक्स बारे बताउनेछौं ।’

