काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन्। प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिनुको साथै तत्काल काममा फर्कन कार्कीलाई भनेको थियो। सोही आदेशलाई कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएकी हुन्। प्रधानन्यायाधीश कार्की आईतबार बिहान साढे ९ बजे सर्वोच्च अदालत पुगी आफ्नो दैनिक कामका सरिक भएकी हुन्। दैनिक काम अन्तर्गत प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको इजलास तोक्नुको साथै मुद्दाहरूको प्राथमिकता हेरी पेशीमा चढाउनेछिन्।