एजेन्सी
वासिङटन, जेठ ५ – अमेरिकी सेनाले दुईवाट चिनियाँ सुखोइ सु–३० युद्ध विमानले आफ्नो युद्ध विमानलाई ‘अव्यवसायिक’ तरिकाले रोकेको आरोप लगाएको छ ।
अमेरिकी सेनाले आफ्नो विमान पूर्वी चिनियाँ समुद्रको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको बेला यो घटना भएको बताएको छ । आफ्नो विमान त्यस क्षेत्रमा रेडिएसनको मात्रा अध्ययन गर्ने मिसनमा रहेको दाबी गरेको छ ।

सिएनएनसँग कुरा गर्दै अमेरिकी अधिकारीले एउटा चिनियाँ विमान ४५ मिटर नजिकसम्म आएको बताएका छन् ।
यस क्षेत्रमा अमेरिकी चाँसोका कारण दुई देशबीच लामो समयदेखि तनाव रहेको छ ।
अमेरिकी एयर फोर्सका प्रवक्ता लोरी हजले यो विषय चीनसँग उपयुक्त कुटनीतिक च्यानलबाट समाधान गरिने बताए ।
उनले यसबारेमा सैनिक अध्ययन भइरहेको बताउँदै चिनियाँ विमानले अव्यवसायिक हस्तक्षेप गरेको बताए ।
अमेरिकी आफ्नो स्निफर विमान प्रयोग गरेर उत्तर कोरियाले परमाणु परिक्षण गरे नगरेको पत्ता लगाउँदै आएको छ ।
गत फेब्रुअरीमा अमेरिकी युद्धपोतले साउथ चाइना सीमा अपरेसन शुरु गरेको थियो जसलाई अमेरिकाले नियमित अपरेसन बताए पनि चीनले त्यसलाई हस्तक्षेप भन्दै विरोध गरेको थियो ।
गत मे २०१६ मा चिनियाँ फाइटरले यसरी नै साउथ चाइना सीको हवाई क्षेत्रमा अमेरिकी जहाजलाई हस्तक्षेप गरेको थियो ।