एमालेको घर दैलो अभियानमा केपी ओली भन्छन्, एमाले आफ्ना नाता– गोता दाई–भाई छोरी– ज्वाई जिताउनको लागि होईन देशको लागि लडिरहेको छ
काठमाडाैं- नेकपा एमालेको घर दैलो अभियान आज विहान पार्टी अध्यक्ष केपी ओलीले वडा नं. २१ बाट उद्घाटन गर्नुभयो । काठमाडौ महानगरपालिकाको मेयर उपमेयरको घरदैलो कार्यक्रम उदघाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले आफ्ना नाता– गोता दाई–भाई छोरी– ज्वाई जिताउनको लागि होईन देशको लागि लडिरहेको छ ।
कार्यक्रममा बोल्दै उहँले नेकपा एमालेले जितेपछि काठमाडौ भ्रष्टाचारमुक्त हुन्छ विद्यामय हुनेछ । महानगरपालिकाको मेयर भनेको गुच्चा खेल्ने खेलजस्तो होईन यो एमालेको उम्मेदवारहरुले मात्र गर्न सक्छ, त्यसकारणले सबै नेपाली जनतालाई एमालेको सूर्य चिन्हमा भोट हाली उम्मेदवारलाई जिताउनु आग्रह गर्नुभयो । उहाँले कुनै पार्टीले होईन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा अाफू ढुक्क रहेकाे बताउनुभयाे ।
“बाहिर हल्ला चलेजस्तो नेकपा एमालेमा कुनै असन्तुष्टी छैन, सबै कार्यकर्ता चुनावी अभियानमा दिनरात खटिरहेका छन् ।” उहाँले भन्नुभन्नुभो “बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौ, भृकुटी कागज कारखाना बेचेपछि हामी हाम्रो घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ ।”
उहाँले माओवादीप्रति धेरै बोल्न चाहनुभएन । ” माओवादी भन्ने नै छैनन् पूर्व माओवादीको बारे के भन्नु । कार्तिक, मंसिरसम्म त पर्ख एमालेले बहुमत ल्याएर सरकार बनाएपछि समृद्धि र विकास भनेको के हो त्यति खेर देख्न पाईन्छ ।” कार्यक्रममा पार्टीका एमाले नेता जिवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित,युवा नेता बसन्त मानन्धर लगायतका स्थानीय नेताहरुको बाक्लो बाक्लो सहभागिता रहेको उक्त ¥यालीमा पार्टी उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।