ओलीको प्रश्नः मैले रेलको कुरा गर्दा सडकमा तमासा देखाउने, अहिले घोषणापत्रमा त्यही रेल राख्ने ? (भिडियोसहित)
वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताए ।