‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ,एमालेको चुनावी गीतमा केपी ओलीले गरे मोडलिङ (भिडियोसहित)
काठमाडौं । स्थानीय चुनाव आउन एक साता बाँकी नरहेको बेला केपी ओली अभिनित एमालेको पक्षमा भोट माग्दै नयाँ चुनावी गीत युट्युवमा आएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित वरिष्ठ नेताहरुले समेत मोडलिङ गरेको गीतमा एटम बिद्रोही र टीका प्रसाईंको स्वर छ । डम्बर ढकालको लेखन रहेको सो चुनावी गतीको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायतले गीतमा मोडलिङ गरेका छन् ।