लामो समय बन्द घरमा तपाईले के भट्टाउनुहुन्छ । माकुराको जालो, धुलो, धेरै फोहोर । तर, एक जना व्यक्तिले भने लामोसमय बन्द भएको घरमा उनको भाग्य बदल्ने सामान मिलेको छ ।
अमेरिकाको टेनसीको एक घरमा कारपेटको मुनी बहुमुल्य वस्तु राखेको बाकस भेटियो । एक दिने जब यसलाई खोलियो त्यहाँ धेरै मूल्य पर्ने महत्वपूर्ण सामान भेटियो ।
धेरै लामो समय बन्द भएका कारण यो घरको अवस्था विग्रिएको थियो । ती व्यक्तिले घरको सफाई शुरु गरे तब उनको नजर एक फोहोरको थुप्रोमा गयो ।
सफा गर्नका लागि उनी त्यहाँ पुगे । त्यहाँ रहेको कार्पेट उठाए । त्यहाँ उनले एक व्लक देखे । त्यो इँटा र पथ्थरले बनेको थियो । उनले त्यसलाई खोले त्यहाँ एक गोप्य सेफ देखियो ।
उनले त्यसको लक खोल्ने प्रयास गरे । तर लक खुलेन । उनले लक खोल्नेवालाई पनि बोलाए तर, लक खोलिएन । करिब ७/८ दिन सम्म सेफ खुलेन । फेरी उनले ताला खोल्ने एक टिमलाई बोलाए ।
त्यो टिमले आधा घण्टाको प्रयासमा सेफको लक खोल्यो । त्यसमा केही धमिलो चिज देखियो । जब उनले त्यो सामान बाहिर निकाले त्यसमा केही सिक्का र महत्वपूर्ण पेपर फेला पारे ।
त्यहाँ एक से एक महंगा समान फेला परे । केही सामान चिसोका कारण विग्रिएका थिए । केही भने सुरक्षित थिए । त्यहाँ पुराना सिक्का, गहगहना, चाँदीका प्लेट लगायतका समान भेटिए । एजेन्सी