काठमाडौं, जेठ ६– पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न ३४ जिल्लाको स्थानीय तहको नतिजा अन्तिम चरणमा आएको छ । २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ५९ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।
पछिल्लो नतिजाअनुसार नेकपा एमालेले १ सय ६ स्थानीय तहको प्रमुखसहित जित हात पारेको छ भने नेपाली काँग्रेसले पनि शतक पुर्याएको छ । नेकपा माओवादी केन्द्र ४६ स्थानीय तहमा प्रमुखसहित विजयी भएको छ ।
स्वतन्त्रसहित अन्य साना दल ७ स्थानमा विजयी भएका छन् ।
२१ स्थानीय तहको गणना जारी रहेको छ । ती मध्ये एमाले १२ स्थानमा अगाडि छ भने नेपाली काँग्रेसले ९ स्थानमा अग्रता लिएको छ ।