व्यबस्थापिका कार्यपालिका र न्यायपालिका राज्यका प्रमुख तिन अङ्गहरु हुन् | व्यवस्थापिकाले कानुन निर्मार्ण गर्ने अनि कार्यपालिकाले कानुनको कार्यन्वन गर्ने र न्यापालिकाले कानुनको ब्याख्या गर्दै कानुनको आधारमा न्याय दिने काम गर्छ|शक्तिपृथकीकरणको सिद्दान्त अनुसार यी तिनै अंगमा एकले अर्कोलाई हस्क्षेप वा बाधा पुर्याउन मिल्दैन |
आदलतमा पुगेका सबै पीडकलाई मुद्दामा न्याय दिने क्रममा व्यबस्थापिकाबाट कानुन बनि सकेको रहेनछ भने पनि आदालतले पीडकलाई न्याय दिदै सरकारलाई कानुन निर्मार्ण गर्नु भन्ने आदेश दिन सक्छ |अनि सरकार पनि संबिधान नियम र कानुन अनुसार चल्नु पर्छ यदि सरकार पनि नियम भन्दा बाहिर जान्छ भेन ,संबिधान बाहिर जान्छ भने र कानुन भन्दा बाहिर जान्छ भने अदालतले नै हो कानुनी दायरा भित्र ल्याउने |
कानुनको अन्तिम ब्याख्या गर्ने काम सर्बोच्च अदालतको मात्र हुने छ |अदालतले गरेको निर्णय सरकारलाइ मान्दिन भन्ने छुट छैन र हुदैन पनि यहि नै कानुनी राज्यको नियम हो | तर हाम्रो देश नेपालमा भने यस्तो कहिलै भएन जनताको अधिकारको नाममा राणा शासन देखि गणतन्त्र सम्म आइसकोछ देशमा तर जनताले कसैको शासनमा आधिकार पाएनन र अन्याय पनि समाप्त भएन|न त जनताको चुलो बलो न त जनताको छानोनै फ़ेरिएयो | पन्चेको मनपरी तन्त्र र अत्याचारलाई समाप्त पर्दै जनताको बलिदानीले बहुदलीय प्रजातन्त्र ल्याए तर पनि जनताको आगनमा कहिलै प्रजातन्त्र आएन,औंठमा हासो छाएन |
ति गरिब जनताको घरको छानो जस्ताको तस्तै रहयो चुहिने छानो कहिलै टालिएन रात अन्धकारै रहे | धुलो धुवा रोग पिडा र गरिबीले उस्तै सताई रहयो | जनतालाई झुक्याउने सक्ने,ढाटन सक्ने निमुखालाई दबाउन सक्ने, जाली ,झेली र अवसरबादीलाइ फेरी पनि त्यस्तैलाई मात्र प्रजातन्त्र आयो | यस्तालाई हिजो पनि मस्ती थियो आज पनि मस्तिनै थियो |हरेक पटक ब्यबस्ठा बदलियो तर जनताको परिस्थिति बदलिएन पात्र बदलिए तर प्रबृति बदलिएन | राणाको ठाउमा फरक आनुहाका पन्चे आए तर फरक मन भएका आएनन जो आए जनतालाई रुवाउने आए देश लुटने नै आए अझै भ्रष्ट आए | बहुदलिय प्रजातन्त्र पछि पनि निमुखा जनताका दिन फ़ेरिएनन, दसा सकिएनन पिडा ,अभाब, दुख जस्ताको तस्तै रहे |
फलस्वरुप देश गृययुद्दमा होमियो २० औं हजार नेपालीको ज्यान गयो कयौ टुहुरा भए | कयौ बिधवा भए,कयौका काख रितिए ,अनि नेपालीको रगतको खोलाको बाडीले बगाएर ल्यायो गणतन्त्र | नेपालीले सोचेका थिए अब पक्का देशको मुहार फेरिने छ |गरिबका चुहिने छानो टलिने छन्, चुलोमा आगो बाल्नेछ भोक र रोगले मर्नु पर्ने छैन |आफ्नै देशमा शुख दुख गरि खान पाइने छ कहिलै रुनु पर्ने छैन | तर भाग्यमै यस्तै लेखेर ल्याए जस्तै भयो यी सब आपुरा सपना जस्तै भए | सचिनै सतिले श्रापको देश भन्थे हो रहेछ भन्ने प्रणित भए झैँ भयो |फेरी पनि नत घरको छानो टालियो नत ति गरिबका चुलोमा आगो बलो न निमुखाले न्याय पाए फेरी पनि पात्र बदलिए तर प्रवृति बदलिएनन | हाम्रालागि राणाकाल भन्दा पनि झनै पिडा बोकेर आयो आयो गणतन्त्र ,पंचायत भन्दा पनि धेरै रुवाएर आयो गणतन्त्र ,बहुदल भन्दा पनि छाडा भएर आयो गणतन्त्र |
हिजो सानो झगडा हुदा डरले कतै भाग्थे कानुन लाग्छ भनेर गणतन्त्रमा त मान्छे मारेर पुलिससंगै हात मिलाउदै हिड्छन |छोरो मारीदिएर बाउको आगाडी आएर भन्छ मैले मरेको हु समातेर देखाऊ के यहि गणतन्त्र ?हत्या हिम्सा अपराधले आक्रान्त छन नेपाली के यहि हो लोकतन्त्र ?सरकार आफैले एउटा इमान्दार प्रहरीलाई नै फसाउन हरेक बहाना गरेकोछ किर्ते गरेकोछ पक्राउ गरेकोछ | आफ्नो मनपरी तन्त्रमा साथ् नमिल्दा आपराध गर्नेलाइ कारबाही हुन पर्छ र भ्रष्टछारिलाई कारबाही गरौ भन्दा प्रधान न्यायधिसलाई नै कारबाही गरेको छ |हिजो एकछाक खान सक्ने नागरिक आज आधा पेट खाएर बस्नु पर्ने अबस्थामा छ | लाखौ जनता पाल टाँगेर पाल मुनि बस्न बाध्य छन | तर हिजो खाली खुट्टा हिड्ने तन्नम नेता आलिसान विलासिताको जिन्दगि जिउदैछन अनि के यहि हो त गणतन्त्र र लोकतन्त्र ?
पंचायतकालमा खोलिएका हजारौ उधोग कौडीको भाउमा बेचेर खाएका छन् तर नागरिक बेरोजगारको पिडाले ५० डिग्रीको अरबको गर्मीमा भेडा चराउन हरेक घरबाट एक जना पुगेको अवस्था छ |के यहो हो त हाम्रा दिन फर्केका ?अनि यहि हो त सहिदको बलिदानी ?के हजारौ नेपालीले पटक पटक दिएको बलिदान यसैको लागि हो ? धेरै आमाहरुले आफ्नो सन्तान गुमाएको यसैको लागि हो ?
हजारौ उजाड सिउदोहरुको रङ्ग यहि हो ? हजारौ टुहुराहरू बनाएको यसैको लागि हो ? पक्कै हैन अब हामीले सोच्ने बेला आएको छ बुज्ने बेला आएकोछ धेरै ढिला भैसको अब हामीले बुज्नु पर्छ|यस्ता अपराधीलाई जरै देखि उखेलेर फाल्नु पर्छ | नत्र हाम्रा आउने हरेक पिडिले यहि नियति भोग्नु पर्छ |यहा अवासरबदी,जाली,झेलीहरु अपराध बचाउने तल्लिन छन| नेता भन्दा धेरै खराब यी झोले हुन् जो एकछाक भातमा बिक्छन |अनि तपाइँ हामीलाई भ्रमको खेति छरेर आफु मस्ती गर्ने योजना बानाउछन | सबै भन्दा पहिला यिनलाई चिनौ समाप्त पारौ |नेताहरु भन्दै छन् परिवातन नचाहानेले केहि गर्ने दिएनन|
अदालतले पनि बाधा गर्यो रे नेता ज्यू तपाइको जिन्दगि परिवर्तन गर्न कसैले नरोक्ने कसैले नछेक्ने तर जनताको जीवन स्तर परिवर्तन गर्न चै तपाईलाई सबैले बाधा गरेको देख्नु भयो ? गलत हो नेता ज्यू यदि परिवर्तन नचाहानेले बाधा गर्थे भने तिम्रो यो अलिसान र विलासिताको जिन्दगि कसरि सम्भब थियो ह ?ति निमुखा जनताको परिवर्तनमा चै तपाइँ बाधा गरेको देख्ने तर नेताकोलागि कसैको बाधा नहुने यस्तो भ्रमखेति गर्न छाड्नुस तेना ज्यू |
नियम संगत् चल्नु कानुन संगत चल्नुस नत्र फेरी जनताले अर्को लडाई लड्नु परो भने सबै भन्दा पहिले तिमि निसानामा पर्न सक्छौ |नेता ज्यू तिम्रो अत्याचारले सिमाना नाघेको छ |घिन लाग्छ तिम्रो चर्तिकाला देखेर छि ..तिमि छाडा छोडेको साढे झैँ भयौ अझै समय छ सुध्रेउ नेता |तिमी न्यायलय पनि खल्तीमा बोक्न खोज्दैछौ प्रहरी पनि खल्तीमै राख्न खोज्दैछौ राज्यका हरेक अंगमा तिम्रो मनपरि चल्दैछ नेताको बिर्ता हैन नेपाल मनपरि तन्त्रको पराकाष्ट नगर |अति भो नेता जी अति भो