काठमाडौं मेयरकी चर्चित युवा उम्मेद्वार रन्जु दर्शनासँगै तीन मेयर उम्मेदवारले गरे मतदान
काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनमा काठमाडौंका लागि मेयरका उम्मेदवारहरुले मतदान गरेका छन्। साझा पार्टीका किशोर थापाले बल्खु परिक्षा नियन्त्रण कार्यालयको मतदान केन्द्रबाट, विवेकशीलकी रन्जु दर्शनाले महाराजगंज वडा नं ३ बाट र नेपाली काँग्रेसका राजुराज जोशीले याट्खा टोल बाट मतदान गरेका छन्। त्यस्तै प्रधानमन्त्री पुष्मपकमल दाहालले चितवन जिल्लाको भरतपुर नपा लङ्कुबाट मतदान गरिसकेका छन्।