काठमाडौं, मुलुकका चार महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म प्राप्त नतिजा अनुसार एमालेले तीन महानगर र कांग्रेसले एक महानगरमा अग्रता लिएको छ ।
एमालेले काठमाडौं र भरतपुर र पोखरा महानगरमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ललितपुरमा अग्रता लिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार काठमाडौ महानगरमा पहिलो एमाले दोस्रो कांग्रेस र तेस्रो स्थानमा विबेकसील बनेको छ । त्यस्तै ललितपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो र बिवेबशील तेस्रो बनेको छ । भरतपुरमा एमाले पहिलो र माओवादी केन्द्र दोस्र्रो स्थानमा छ भने पोखरामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
यसैबीच काठमाडौ महानगरको वडानम्बर १ मा एमालेले खाता खोलेको छ । वडानम्बर १ एमाले उम्मेदवार भरतलाल श्रेष्ठ बजियी भएका छन् । उनले १ हजार ३५ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी कांग्रेसका भोला थापाले ६ सय ३२ पाएका छन् ।
काठमाडौ महानगरपालिका
नेकपा एमाले १३७२
नेपाली कांग्रेस ८३३
माओवादी केन्द्र ३४
साझा पार्टी ७१५
विवेकशील नेपाली ८९४
ललितपुर महानगरपालिका
नेकपा एमाले ५७७९
नेपाली कांग्रेस ६०८५
माओवादी केन्द्र १३५२
साझा पार्टी ३४५९
भरतपुर महानगरपालिका
नेकपा एमाले २६४०
माओवादी केन्द्र १७५१
राप्रपा १६४
पोखरा महानगरपालिका
नेकपा एमाले ४८५१
नेपाली कांग्रेस ४५८९