चितवनको भरतपुर महानगरपालिकाको मत अन्तर घटेको छ। अहिले विहानसम्मको विवरण अनुसार, मेयर पदका उम्मेदवारहरु नेकपा एमालेका देवी ज्ञवालीको १० हजार ६९०, कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालको ९ हजार ८९७, राप्रपाका बद्री तिमिल्सिनाको ८६७ मत परिणाम आएको छ।
त्यसैगरी, उपमेयरका उम्मेदवारहरु कांग्रेसकी पार्वती शाहको ११ हजार ६३४ र एमालेकी दिब्या आचार्यको ९ हजार ६० मत आएको छ।