गृह राज्यमन्त्री इन्द्र बानियाको आगनमा एमालेका उम्मेदवार प्यानल सहित बिजयी
हेटौंडा, जेठ ४ – हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १८ मा एमालेको तर्फबाट वडा अध्यक्षमा अनिल बानियाँ विजयी हुनुभएको छ । भर्खरै सम्पन्न वडा नं . १८ को मतगणना अनुसार वडा अध्यक्षमा एमालेका उम्मेदवार अनिल बानिया पुरै एमाले प्यानल बिजयी भएको जानकारी प्राप्त भएको छ ।
कांग्रेस मकवानपुरका सभापति तथा गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको गृह वडा समेत रहेको वडामा एमालेले कांग्रेसका उम्मेदवारलाई २३ मतले पराजित गर्दै विजयी भएको हो । बानियाँ एक हजार ५९ मतले बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर सुबेदीले १ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका दामोदर खनालले ४५४४ मत ल्याएर निर्वाचित भएका हुन्।